Door43-Catalog_ne_tn/eph/05/13.md

3.8 KiB

सामान्य जानकारीः

यी उद्धरणहरू अगमवक्‍ता यशैयाका भनाइहरूलाई मिलाएर लेखिएका हुन् वा विश्‍वासीहरूले गाएका भजनबाट लिइएका हुन् भन्‍ने कुरा स्पष्‍ट छैन ।

केहि देख्न मिल्छ कि प्रकाश छ

"मानिसहरूले प्रकाशमा आउने सबै कुरा स्पष्टसँग देख्न सक्दछन्।" परमेश्वरको वचनले मानिसका कार्यहरू राम्रो कि नराम्रो देखाउँदछ भनेर बुझाउनको लागि पावलले यो सामान्य भनाइ दिएका छन्। बाइबलले प्रायः परमेश्वरको सत्यको बारेमा बताउँदछ कि मानौं यो कुनै प्रकाशको पात्र हो कि प्रकाश हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सुताहाहरू हो, जाग, र मरेकाहरूबाट उठ

सम्भाव्य अर्थहरू हुन् (१) पावलले यो अविश्‍वासीहरूलाई सम्बोधन गरिरहेका हुन सक्छन्, जो आत्मिक रूपमा मृत अवस्थाबाट उठ्न आवश्यक छ, जसरी एउटा मरेको मानिस प्रतिक्रिया दिनको निम्ति जीवित भई आउनुपर्छ । वा (२) पावलले एफिससका विश्‍वासीहरूलाई सम्बोधन गरिरहेका हुन सक्छन् र तिनीहरूका आत्मिक कमजोरीको निम्ति मृत्युलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिरहेका हुन सक्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

तिमी सुताहा हो, ... तिमीहरूमा चम्कनुहुनेछ

यहाँ प्रयोग भएको सर्वनाम “तिमी” ले “सुताहा” लाई जनाउँछ र यो एकवचनको रूपमा प्रयोग भएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ

जसरी अन्धकारले ढाकेका कुराहरूलाई ज्योतिले वास्तविक रूपमा देखाउँछ, त्यसरी नै एउटा अविश्‍वासीका कामहरू कति दुष्‍ट छन् र ख्रीष्‍टले उसलाई कसरी क्षमा दिएर नयाँ जीवन दिनुहुन्छ भन्‍ने कुरालाई ख्रीष्‍टले त्यस अविश्‍वासीलाई बुझ्‍न सक्षम बनाउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू