Door43-Catalog_ne_tn/eph/01/19.md

3.9 KiB

उहाँको शक्‍तिको अत्यधिक महानता

सबै शक्‍तिहरूभन्दा परमेश्‍वरको शक्‍ति धेरै महान् छ ।

विश्वास गर्ने हामीतर्फ

"विश्वास गर्ने हाम्रो लागि"

उहाँको शक्‍तिको तीव्रताको कार्

“उहाँको महान् शक्‍ति जुन हाम्रो निम्ति कार्यमा छ”

उहाँलाई मृतकबाट जीवित पार्नुभयो

"उसलाई मृत्युबाट बिउँताइनुभयो" वा "उहाँलाई फेरि जीवित पार्नुभयो"

उहाँको दाहिने बाहुलीमा ... बसाल्नुभएको

एक व्यक्तिको अधिकार तिनीहरू कहाँ बस्छन् द्वारा वर्णन गरिएको छ। एक व्यक्तिको दायाँ छेउ भनेको ठाउँ हो जहाँ सबै भन्दा बढि अधिकार भएको व्यक्ति बस्दछ । वैकल्पिक अनुवाद: “ख्रीष्‍टलाई परमेश्‍वरको दाहिने बाहुलीमा बसाल्नुभएको” वा “ख्रीष्‍टलाई सम्माननीय स्थानमा बसाल्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

स्वर्गीय स्थानहरूमा

"अलौकिक संसारमा।" "स्वर्गीय" शब्दले परमेश्वर हुनुहुन्छ भनेर बुझाउँदछ। १:३ मा कसरी अनुवाद गरिएको छ, त्यसलाई हेर्नुहोस् ।(./03.md).

सबै शासन, सबै अधिकार, शक्‍ति, प्रभुत्वहरू ... भन्दा माथि

यी स्वर्गदूतहरू र शैतानजस्ता अलौकिक प्राणीहरूका तहहरूको निम्ति प्रयोग हुने विभिन्‍न शब्दहरू हुन् । वैकल्पिक अनुवाद: “सबै किसिमका अलौकिक प्राणीहरूभन्दा माथि”

हरेक नाम

यसलाई कर्तृ वाच्यमा व्यक्‍त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भाव्य अर्थहरू (१) “मानिसले दिने हरेक नाम” वा (२) “परमेश्‍वरले दिनुहुने हरेक नाम” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

नाम

सम्भाव्य अर्थहरू (१) उपाधि वा (२) अधिकारको पद (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यस युगको लागि

“यस समयमा”

आउने युगको लागि

“भविष्यमा”

अनुवादका शब्‍दहरू