Door43-Catalog_ne_tn/eph/01/17.md

2.9 KiB

बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश

“उहाँको प्रकाशको बारेमा बुझ्‍नको निम्ति आत्मिक विवेक”

तिमीहरूका हृदयका आँखा प्रज्वलित होऊन्

वाक्यांश “तिमीहरूका हृदयका आँखा” ले समझशक्‍ति प्राप्‍त गर्ने कुनै एक जनाको क्षमतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले समझशक्‍ति प्राप्‍त गर्न सक र प्रज्वलित होओ भनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिमीहरूका हृदयका आँखा प्रज्वलित होऊन्

यसलाई कर्तृ वाच्यमा व्यक्‍त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूका हृदयलाई प्रज्वलित गरून् ।” वा “परमेश्‍वरले तिमीहरूका समझशक्‍तिलाई प्रज्वलित गरून् भनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रज्वलित

“देख्‍न सक्‍ने बनाइएको”

उत्तराधिकार

परमेश्‍वरले योजना गर्नुभएका कुराहरूलाई विश्‍वासीहरूले प्राप्‍त गर्ने विषयलाई कुनै परिवारको सदस्यले वंशाणुगत रूपमा प्राप्‍त गर्ने सम्पत्तिको रूपमा व्यक्‍त गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँको निम्ति अलग गरिएकाहरू

“जसलाई उहाँले आफ्नै निम्ति अलग गर्नुभएको छ” वा “जो पूर्ण रूपमा उहाँकै हुन्”

अनुवादका शब्‍दहरू