Door43-Catalog_ne_tn/eph/01/13.md

2.8 KiB

सामान्य जानकारी:

अघिल्लो दुई पदहरूमा पावल आफैं र अन्य यहूदी विश्वासीहरूको बारेमा बोलेका थिए, तर अब उनले एफिससका विश्वासीहरूको बारेमा बोल्न थाल्छन्।

प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ

पत्रमा मैन राखिन्थ्यो र त्यस पत्र लेख्‍ने व्यक्‍तिलाई जनाउने चिन्हले मोहर लगाइन्थ्यो । पावलले यही शैलीलाई प्रतीकको रूपमा प्रयोग गरी हामी परमेश्‍वरका हौँ भनेर निश्‍चय गर्नको निम्ति कसरी उहाँले पवित्र आत्मालाई प्रयोग गर्नुभएको छ भन्‍ने कुरालाई देखाएका छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूमा आफूले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माको छाप लगाउनुभएको छ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

हाम्रो उत्तराधिकारको निश्‍चय

परमेश्‍वरले योजना गर्नुभएका कुराहरूलाई विश्‍वासीहरूले प्राप्‍त गर्ने विषयलाई कुनै परिवारको सदस्यले वंशाणुगत रूपमा प्राप्‍त गर्ने सम्पत्तिको रूपमा व्यक्‍त गरिएको छ । यहाँ: "निश्‍चय छ कि हामीले परमेश्‍वरले वाचा गरेको कुरा प्राप्त गर्नेछौं" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू