Door43-Catalog_ne_tn/eph/01/03.md

3.7 KiB

जोड्ने कथनः

परमेश्‍वरको अगाडि विश्‍वासीहरूको अवस्था र तिनीहरूको सुरक्षाको विषयमा कुरा गर्दै पावल यस पत्रको सुरुआत गर्दछन् ।

सामान्य जानकारीः

अन्यथा व्यक्‍त नगरिएसम्म यस पुस्तकमा शब्दहरू “हाम्रो” र “हामी” ले पावल, एफिससका विश्‍वासीहरू र सबै विश्‍वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस्

यसलाई कर्तृ वाच्यमाव्यक्‍त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा गरौँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जसले हामीलाई ... आशिषित पार्नुभयो

“हामीलाई आशिषित गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ ।”

हर प्रकारको आत्मिक आशिष्

“परमेश्‍वरका आत्माबाट आउने हर किसिमका आशिष्”

स्वर्गीय स्थानहरूमा

“अलौकिक स्थानमा ।” “स्वर्गीय” भन्‍ने शब्दले परमेश्‍वर रहनुहुने स्थानलाई जनाउँछ ।

ख्रीष्‍टमा

सम्भावित अर्थ १) "ख्रीष्टमा" भन्ने वाक्यांशले ख्रीष्टले गरेको कामलाई जनाउँछ। यहाँ: "ख्रीष्टद्वारा" वा "ख्रीष्टले के गर्नुभयो" वा "ख्रिष्टमा") "ख्रीष्टसँगको हाम्रो घनिष्ट सम्बन्धलाई संकेत गर्ने एउटा रूपक हो। यहाँ: "हामीलाई ख्रीष्टसित एकतामा बाँधेर" वा "किनकि हामी ख्रीष्टसँग एक भएका छौं" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पवित्र र दोषरहित

पावलले नैतिक गुणमाथि जोड दिनको निम्ति यी उस्तै किसिमका शब्दहरू प्रयोग गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

अनुवादका शब्‍दहरू