Door43-Catalog_ne_tn/act/27/intro.md

2.2 KiB

प्रेरितहरू २७ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

जहाज यात्रा

प्राचीन पूर्व नजिक क्षेत्रमा, मानिसहरू बतासद्वारा चलाइने डुङ्गाहरूमा यात्रा गर्थे । विभिन्‍न मौसमहरूमा, यात्रा गर्न असम्भव हुन्थ्यो किनभने समुद्रहरूमा धेरै उताचढाव आएको हुन्थ्यो र बतास चाहिँ गलत दिशामा बहिरहेको हुन्थ्यो ।

भरोसा

यस अध्यामा भरोसाको अवधारणा राखिएको छ । पावलको परमेश्‍वरमाथिको भरोसा धेरै महान् थियो । त्यसैले उनले जहाज चालकहरू र सिपाहीहरूलाई परमेश्‍वरले तिनीहरूलाई पावलसँगै सुरक्षित राख्‍नुहुनेछ भनी भरोसा राख्‍नलाई भने । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/trust)

रोटी

लेखकले यस अध्यायमा रोटीको चित्रणलाई प्रयोग गर्छन् । रोटीको महत्त्वलाई परमेश्‍वरले इस्राएललाई दैनिक रूपमा ४० वर्षसम्म खानेकुरा जुटाउनुभएको कुरा र निस्तारको घटनाहरूदेखि दख्‍न सकिन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/passover)

सम्बन्धित खण्‍डहरूः

<< | >>