Door43-Catalog_ne_tn/act/25/17.md

3.1 KiB

यसकारण

यो पहिले भएको कुनै घटनाको कारणले कुनै अर्को घटना घट्दै छ भनी जनाउने शब्द हो । यस अवस्थामा फेस्तसले दोष लगाइएको मानिसले उसका अभियोक्ताहरूको सामना गर्नु र उसको बचाउ गर्नुपर्छ भनेका थिए ।

जब तिनीहरू सँगै यहाँ आए

“जब यहूदी अगुवाहरू मलाई भेट्न यहाँ आए”

म न्याय आसनमा बसेँ

यहाँ "न्यायआसन" ले फेस्तसको फैसलालाई न्यायाधीशको रूपमा पावलको मुद्दामा गरेको फैसलालाई जनाउँछ । वैकल्पिक अनुवाद: “म मैले न्यायाधीशको रूपमा काम गर्ने आसनमा बसेँ” वा "म न्यायाधीशको रूपमा बसेँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सिपाहीहरूलाई पावललाई मेरो सामु ल्याउन आदेश दिएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूको आफ्नै धर्म

“धर्म” शब्दको अर्थ मानिसहरूको जीवन र अलौकिकप्रतिको विश्‍वास भन्‍ने हुन्छ ।

त्यहाँ यी आरोपहरूको बारेमा मुद्दा चलाउन

"मुद्दा चलाउन" भनेको एक उपमा हो जसको अर्थ न्यायाधीशसँग बोल्नु हो जुन न्यायाधीशले निर्णय गर्न सक्दछ कि कुनै व्यक्ति सहि छ कि गलत छ । वैकल्‍पिक अनुवादः "यी अभियोगहरूको बारेमा मुद्दा चलाउन" वा "न्यायाधीशले तिनी विरुद्ध लगाइएका यी आरोपहरू सत्य छन् कि छैनन् भनेर निर्णय गर्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू