Door43-Catalog_ne_tn/act/25/11.md

2.6 KiB

यदि मैले कुनै गलत गरेको छु भने ... कसैले मलाई तिनीहरूका हातमा दिन सक्दैन

पावलले एक काल्पनिक अवस्था औंल्याइरहेका छन् । यदि ऊ दोषी थियो भने, उसले सजाय स्वीकार्ने थियो, तर उसलाई थाहा छ कि ऊ दोषी छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने

“यदि मैले मृत्युदण्डको योग्य हुने केही खराबी गरेको छ भने”

यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने

“यदि मेरो विरुद्धमा लगाइएका दोषहरू सत्य छैनन् भने”

कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन

सम्भावित अर्थहरूः (१) फेस्तससँग यी झुटा अभियोक्ताहरूको हातमा सुम्पने वैधानिक अधिकार छैन वा (२) यदि उनले कुनै गल्ती नै गरेका छैनन् भने, शासक यहूदीहरूको अनुरोधसँग सहमत हुनुहुँदैन ।

म कैसरलाई गुहार्छु

“म आग्रह गर्छु, कि सोधपुछ गरिनलाई म कैसरको सामु जान्छु”

परिषद्‌सँग

प्रेरितको पुस्तकभरि “परिषद्‌” को रूपमा उल्लेख गरिएको यो महासभा होइन । यो रोमी सरकारको राजनीतिक परिषद्‌ हो । वैकल्पिक अनुवादः “फेस्तसले आफ्नै सरकारी सल्लाहाकारहरूसँग छलफल गरे”

अनुवादका शब्‍दहरू