Door43-Catalog_ne_tn/act/25/09.md

2.4 KiB

जोड्ने कथन:

न्यायको लागि पावललाई सिजरसामु लैजान भने ।

यहूदीको समर्थन पाउन चाहन्थे

यहाँ "यहूदीहरू"को अर्थ यहूदी अगुवाहरू हुन् । वैकल्पिक अनुवाद: “यहूदीहरूलाई खुसी पार्न चाहन्थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यरूशलेममाथि जानको लागि

यरूशलेम भौगोलिक रूपमा कैसरियाभन्दा उच्च थियो । यरूशलेम जानको लागि कुरा गर्नु सामान्य थियो ।

के ... यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ ?

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ मैले यी कुराहरूको सम्बन्धमा तिम्रो इन्साफ गर्नेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म सिजरको न्यायआसनको अगाडि खडा छु जहाँ मेरो इन्साफ गरिनुपर्छ

"न्यायआसन" ले पावलको न्याय गर्न सिजरको अधिकारलाई जनाउँछ । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "म सिजरको समक्ष जान चाहन्छु, ताकि उनले मेरो न्याय गर्न सकून्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू