Door43-Catalog_ne_tn/act/19/26.md

4.3 KiB

जोड्ने कथनः

डेमेत्रियसले आफ्ना कारीगरहरूसँगको कुराकानीलाई जारी राख्छ ।

तिमीहरूले देख्छौ र सुन्छौ

“तिमीहरूले थाहा पाएका छौ र बुझेका छौ”

धेरै मानिसहरूलाई फर्कायो

पावलले मानिसहरूलाई मूर्तिपूजा गर्नबाट रोके भन्ने कुरा यस प्रकारको छ कि पावल शाब्दिक रूपमा मानिसहरूलाई अर्कै दिशामा हेरेका थिए। वैकल्पिक अनुवाद: “धेरै मानिसहरूलाई स्थानीय देवताहरूको पूजा गर्नबाट रोकाइयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसले भनेको छ कि त्यहाँ देवताहरू छैनन् जुन हातले बनाएको हो

यहाँ "हात" शब्दले सम्पूर्ण व्यक्तिलाई बुझाउन सक्छ। वैकल्‍पिक अनुवादः उसले भनिरहेछ कि त्यहाँ कुनै देवताहरू छैनन् जुन मानिसहरूका हातले बनाएका थिए "वा" उसले भनेको छ कि मानिसहरूले बनाएको मूर्ति वास्तविक देवताहरू होइनन् "। (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])

कि हाम्रो व्यापार अब आवश्यक छैन

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कि अब मानिसहरूले हामीबाट मूर्ति किन्न चाहँदैनन्"। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

महान् देवी आर्टेमिसको मन्दिर बेकम्मा हुन सक्छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मानिसहरूले सोच्नेछन् कि मन्दिरमा महान् देवी आर्टेमिसको पूजा गर्न कुनै फाइदा छैन"। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनले आफ्नो महानता पनि गुमाउनेछिन्

डायनाको महानता मानिसहरूले तिनको बारेमा के सोच्छन् भन्‍ने कुराबाट मात्र आउँछ ।

जसको सबै एसिया र संसारले पूजा गर्छन्

यो डायनाको लोकप्रियता देखाउनको लागि गरिएको अतिशयोक्ति हो । यहाँ "एशिया" र "संसार" शब्दहरूले एशिया र ज्ञात विश्वका मानिसहरुलाई बुझाउँछन्। वैकल्पिक अनुवादः “एसिया र संसारका धेरै मानिसहरूले पूजा गर्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-hyperbole]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

अनुवादका शब्‍दहरू