Door43-Catalog_ne_tn/act/19/03.md

2.8 KiB

सामान्य जानकारी:

यहाँ "तिनीहरू", "तिमी", "ती" शब्दहरू एफिसस शहरका केही चेलाहरूलाई संकेत गर्दछन्। (हेर्नुहोस्ः प्रेरितहरू १९:१)

सामान्य जानकारी:

"उहाँलाई" भन्ने शब्दले यूहन्नालाई जनाउँछ ।

त्यसो भए तपार्इंहरूले केमा बप्‍तिस्मा लिनुभयो ?

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “कसको बप्‍तिस्मामा तपार्इंहरूको बप्‍तिस्मा भयो ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यूहन्‍नाको बप्‍तिस्मामा

तपाईं यसलाई पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सक्नुहुनेछ । वैकल्‍पिक अनुवादः "हामीले यूहन्नाले सिकाएको बप्तिस्माको प्रकार पाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

पश्‍चात्तापको बप्‍तिस्मा

तपाईं अमूर्त संज्ञा "पश्चाताप" लाई "पश्चाताप" भन्ने क्रियाको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवाद: “पापबाट फर्कनको लागि मानिसहरूले अनुरोध गर्ने बप्‍तिस्मा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

जो आउने थियो

यहाँ "एक" ले येशूलाई जनाउँछ।

उहाँपछि आउने

यसको अर्थ शारीरिक रूपले बप्‍तिस्मा-दिने यूहन्‍नालाई पछ्याउने नभई समयको हिसाबले बप्‍तिस्मा-दिने यूहन्‍नाको पछि आउने भन्‍ने हुन्छ ।

अनुवादका शब्‍दहरू