Door43-Catalog_ne_tn/act/15/10.md

2.9 KiB

जोड्ने कथनः

पत्रुस प्रेरितहरू र एल्डरहरूसँग बोलिसक्छन् ।

सामान्य जानकारी:

पत्रुसले “हाम्रा” र “हामी” मा आफूलाई सुन्‍ने मानिसहरूलाई पनि समावेश गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

अब

यसको अर्थ "यस क्षणमा" होइन, तर पछि महत्वपूर्ण बुँदामा ध्यान आकर्षित गर्न प्रयोग गरिन्छ।

यसकारण न त हाम्रा पिताहरूले र हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपार्इंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ ?

पत्रुसले यहूदी विश्‍वासीहरूलाई गैरयहूदी विश्‍वासीहरूले उद्धारको लागि खतना गर्न आवश्यक छैन भन्‍ने कुरा बताउनको लागि यो प्रश्‍न सोध्छन् । वैकल्पिक अनुवादः “हामी यहूदीहरूले बोक्‍न नसकेको बोझ गैरयहूदीहरूलाई बोकाएर परमेश्‍वरको परीक्षा नलेओ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

हाम्रा पिताहरू

यसले तिनीहरूको यहूदी पुर्खाहरूलाई बुझाउँदछ।

तर हामी विश्‍वास गर्दछौँ कि ... बचाइनेछौँ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तर हामी विश्वास गर्छौं कि प्रभु येशूले आफ्नो अनुग्रहले हामीलाई बचाउनुहुनेछ, जसरी उनले गैर-यहूदी विश्वासीहरूलाई बचाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू