Door43-Catalog_ne_tn/act/14/03.md

3.9 KiB

सामान्य जानकारी:

यहाँ "उहाँ" भन्ने शब्दले प्रभुलाई जनाउँदछ ।

त्यसैले तिनीहरू त्यहाँ बसे

"तैपनि तिनीहरू त्यहीं बसे।" पावल र बारनाबास धेरै विश्‍वासीका लागि आइकोनियनमा बसे । प्रेरितहरू १४:१ “त्यसैले” शब्दले भ्रम सृजना गर्छ भने यसलाई हटाए हुन्छ ।

अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभयो

"उहाँको अनुग्रहको बारेमा सन्देश सत्य थियो भनेर देखायो"

उहाँको अनुग्रहको सन्देशको बारेमा

“प्रभुको अनुग्रहको सन्देशको बारेमा”

पावल र बर्णाबासको हातद्वारा गरिने चिन्ह र चमत्कारहरू प्रदान गरेर

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "पावल र बर्णाबासलाई चिन्ह र आश्चर्यकर्महरू गर्न सक्षम पार्दै" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पावल र बारनाबासका हातहरूद्वारा

“हातहरू” ले पवित्र आत्माद्वारा अगुवाइ गरिएका यी दुई जना मानिसको इच्छा र प्रयत्‍नलाई जनाउँछ । वैकल्पिक अनुवादः “पावल र बारनाबासको सेवाद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

सहरको बहुमत विभाजित थियो

यहाँ "शहर" भनेको सहरका मानिसहरुलाई जनाउँछ। वैकल्‍पिक अनुवादः "सहरका धेरैजसो मानिसहरू विभाजित थिए" वा "शहरका धेरैजसो मानिसहरू एक अर्कासँग सहमत थिएनन्"। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यहूदीहरूको पक्ष लिए

“यहूदीहरूको समर्थन गरे” वा “यहूदीहरूसँग सहमत भए । ” उल्लेख गरिएको पहिलो समूह अनुग्रहको बारेमा सन्देशसँग सहमत भएन ।

प्रेरितहरूसँग

वैकल्पिक अनुवादः “प्रेरितहरूको पक्ष लिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

प्रेरितहरू

लूकाले यहाँ पावल र बारनाबासलाई अङ्‌कित गर्दै छन् । यहाँ "प्रेरित" सामान्य अर्थमा "बाहिर पठाइएको" लाई प्रयोग गर्न सकिन्छ।

अनुवादका शब्‍दहरू