Door43-Catalog_ne_tn/act/09/28.md

2.6 KiB

तिनले उनीहरूलाई भेटे

यहाँ "उनले" भन्ने शब्दले पावललाई जनाउँछ । सम्भवतः "तिनीहरूलाई" भन्ने शब्दले प्रेरितहरू र यरूशलेममा रहेका अन्य चेलाहरूलाई संकेत गर्दछ।

प्रभु येशूको नाउँमा

सम्भावित अर्थहरू १) यो केवल प्रभु येशूलाई जनाउँदछ र पावलले कसको बारेमा बोल्दछ भनेर बताउँछ। वैकल्‍पिक अनुवादः "प्रभु येशूको बारेमा" वा २) "नाम" प्राधिकरणको लागि प्रतिस्‍थापन हो। वैकल्‍पिक अनुवादः "प्रभु येशूको अधिकारमुनि" वा "प्रभु येशूले उसलाई दिएका अधिकार"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ग्रिक-यहूदीहरूसित वादविवाद गरे

शाऊलले ग्रिक-यहूदीहरूसँग तर्क गरे ।

भाइहरू

"भाइहरू" भन्ने शब्दले यरूशलेमका विश्वासीहरूलाई बुझाउँदछ।

उहाँलाई सिजरिया तल ल्याए

यरूशलेम र कैसरियाको उचाइ फरक थियो । यरूशलेम र मन्दिरमा जाँदा माथि जाने र यरूशलेमबाट आउँदा तल आउने भन्‍ने कुरा सामान्य थियो ।

उसलाई टार्ससमा पठाइयो

सिजरिया एउटा बन्दरगाह थियो। उनीहरूले शाऊललाई जहाजमा टार्सस पठाए। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू