Door43-Catalog_ne_tn/act/09/17.md

2.9 KiB

जोड्ने कथनः

हननिया शाऊल बसेको घरमा जान्छन् । शाऊल निको भएपछि वृत्तान्त हननियाबाट पावलतर्फ सर्छ ।

सामान्य जानकारी:

यहाँ "तपाईं" शब्द एकवचन हो र शाऊललाई जनाउँछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तब हननिया गए र घरभित्र पसे

यो बताउन सहयोग पुर्‍याउन सक्छ कि हननिया घर भित्र छिर्नु भन्दा पहिले गएका थिए। वैकल्‍पिक अनुवादः "यसकारण हननिया गए, र शाऊल भएको घर भेटेपछि उनी भित्र पसे"

तिनीमाथि आफ्ना हात राख्दै

हननियाले आफ्ना हात शाऊलमाथि राखे । यो शाऊललाई आशिष् दिनको प्रतीक थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले फेरि देख्‍न सक र पवित्र आत्माले भरिन सक भनेर पठाउनुभएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पाप्राजस्ता केही खसे

“माछाका कत्लाजस्ता केही खसे”

उसले आफ्नो दृष्टि प्राप्त गर्यो

"ऊ फेरि देख्न सफल भयो"

तिनी उठे र बप्‍तिस्मा लिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी उठे र हननियाले तिनलाई बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू