Door43-Catalog_ne_tn/act/09/03.md

2.8 KiB

जोड्ने कथनः

प्रधान पुजारीले शावललाई पत्रहरू दिए पछि शावल दमीशकतिर लागे।

तिनी जाँदै गर्दा

शाऊलले यरूशलेम छोडे र अहिले तिनी दसस्कसतर्फ जाँदै छन् ।

यो त्यस्तै भयो

यो अभिव्यक्ति हो कि कथामा केहि परिवर्तन हुन आउँदछ र केहि फरक हुन आउँदैछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो

“स्वर्गबाट आएको ज्योति तिनको वरिपरि चम्कियो”

स्वर्गबाट

सम्भावित अर्थहरू १) स्वर्ग हो, जहाँ परमेश्‍वर बस्नुहुन्छ वा २) आकाश। पहिलो अर्थ राम्रो छ। त्यो अर्थ प्रयोग गर्नुहोस् यदि तपाईंको भाषामा यसको लागि छुट्टै शब्द छ भने।

तिनी भुइँमा ढले

सम्भावित अर्थहरूः (१) “शाऊल आफैँ भुइँमा लडे” वा (२) “ज्योतिले तिनलाई भुइँमा लडायो” वा (३) “शाऊल बेहोस भएर ढलेको कुनै व्यक्‍तिजस्तै भुइँमा ढले ।” शाऊल अकस्मात् लडेका होइनन् ।

किन तिमी मेरो खेदो गर्दै छौ ?

प्रभुले शाऊललाई प्रश्‍नको शैलीमा हप्काउँदै हुनुहुन्छ । केही भाषाहरूमा कथन बढी प्राकृतिक हुनेछ। वैकल्पिक अनुवादः “तिमीले मेरो खेदो गर्दैछौ” वा आदेश (वैकल्पिक अनुवाद): "मलाई सताउन रोक्नुहोस्!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू