Door43-Catalog_ne_tn/act/05/intro.md

2.1 KiB

प्रेरितहरू ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“पवित्र आत्मालाई ढाँट्नलाई शैतानले तिम्रो हृदयलाई भरिदियो”

यो ईश्‍वरशास्‍त्रीय हिसाबले कठिन पदावली हो । शैतानले हननिया र सफिराका हृदयहरूलाई नियन्‍त्रण गर्‍यो । यी दुई ख्रीष्‍टिएनहरू थिए वा गैर-ख्रीष्‍टिएनहरू थिए भन्‍ने कुरामा विद्वानहरूले बहस गरेका छन् । “भरिनु”को अर्थलाई “पूर्ण रूपले नियन्‍त्रणमा लिइनु” भनेर वा सामान्य रूपमा “नियन्‍त्रणमा लिइनु” वा “अगुवाइ हुनु” भनेर अनुवाद गर्न सकिन्छ । यसले कोही व्यक्तिले गरेको यस पदको उल्थालाई असर गर्नेछ ।

झ्‍यालखाना

इस्राएलमा ठीक चालढङ्गलाई कायम बनाइराख्‍नु र न्याय प्रदान गर्नु यहूदी परिषदको जिम्मेवारी थियो । शान्ति कायम गर्नलाई तिनीहरूसँग मानिसहरूलाई झ्यालखानामा हाल्‍ने पनि क्षमता भएको देखिन्थ्यो ।

सम्बन्धित खण्‍डहरूः

<< | >>