Door43-Catalog_ne_tn/act/02/22.md

5.4 KiB

जोड्ने कथनः

पत्रुसले १:१६ मा सुरु गरेको वचनलाई निरन्तरता दिन्छन् ।(../01/15.md) ।

यी वचनहरू सुन्‍नुहोस्

“मैले बताउन खोजेको कुरा सुन्‍नुहोस्”

शक्‍तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपार्इंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका

यसको अर्थ हुन्छः परमेश्‍वरले येशूलाई आफ्नो मिसनको लागि आश्‍चर्यकर्म गर्न सक्षम बनाउनुभयो भन्‍ने कुरा प्रमाणित गर्नुभयो ।

परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा

संज्ञा "योजना" र "पूर्वसान" क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ। यसको अर्थ हुन्छः येशूलाई के हुन्छ भन्‍ने कुरा परमेश्‍वरलाई पहिले नै थाहा थियो । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वरले योजना बनाउनुभयो र हुन आउने सबै कुरा थाहा पाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँ सुम्पिनुभयो

सम्भावित अर्थहरूः (१) “तपार्इंहरूले उहाँका शत्रुहरूको हातमा सुम्पिदिनुभयो”, वा (२) “यहूदाले तपार्इंहरूका लागि येशूलाई धोका दियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपार्इं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो

“अधर्मी मानिसहरू” येशूलाई मार्ने मानिसहरू भए तापनि पत्रुसले भिडलाई येशूलाई मारेको दोष लगाउँछन् किनकि येशूको मृत्युको माग गर्ने तिनीहरू नै थिए ।

अधर्मी मानिसहरूको हातद्वारा

यहाँ "हात" ले कुकर्मी पुरुषहरूको कार्यलाई बुझाउँदछ। वैकल्पिक अनुवादः “अधर्मी मानिसहरूको प्रयोग गरेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अधर्मी मानिसहरू

सम्भावित अर्थहरू १) अविश्वासी यहूदीहरू जसले येशूमाथि अपराधको आरोप लगाए वा २) रोमी सिपाहीहरूले जसले येशूको मृत्युदण्ड दिए।

उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर

पत्रुसले मृत्युलाई पीडादायक डोरीहरूले बाँध्‍ने मानिसको रूपमा कुरा गर्छन् । वैकल्पिक अनुवादः “मृत्युमा पुर्‍याउने कष्‍टबाट उहाँलाई छुटाएर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

किनभने उहाँ यसको अधीनमा रहिरहन

“किनभने मृत्युद्वारा उहाँ अधीनमा हुन” यसलाई कर्ता प्रधान बनाएर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने मृत्युले उहाँलाई अधीनमा राख्‍न”, वा “किनभने मृत्यको शक्‍तिले उहाँलाई अधीनमा राख्‍न” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू