Door43-Catalog_ne_tn/act/01/21.md

4.8 KiB

जोड्ने कथनः

पत्रुसले विश्‍वासीहरूको निम्ति १:१६ मा सुरु गरेको उनको वचनलाई निरन्तरता दिन्छन् ।(./15.md) ।

सामान्य जानकारी:

यहाँ "हामी" शब्दले प्रेरितहरूलाई बुझाउँदछ र श्रोताहरू जसमा पत्रुस बोल्दैछन् समावेश गर्दैन।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

यसकारण यो आवश्यक छ

उनले उद्धृत गरेको पवित्रशास्‍त्र र यहूदाले गरेको कुराको आधारमा पत्रुसले समूहले के गर्नुपर्छ भनेर बताउँछन् ।

हामीलाई साथ दिने ... एक जना ... उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ

प्रेरित पत्रुसले यहूदाको स्थानमा प्रेरित हुने मानिसको योग्यताको सूची दिन्छन् ।

प्रभु येशू हाम्रा माझमा भित्र-बाहिर गर्नुहुँदा

व्यक्तिहरूको समूहको बीचबाट बाहिर जानु भनेको त्यो समूहको भाग हुनको लागि रूपक हो। वैकल्पिक अनुवादः “प्रभु येशू हाम्रा माझमा बस्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि

संज्ञा "बप्तिस्मा" लाई एक क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ।सम्भावित अर्थहरूः (१) “यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिएको समयदेखि सुरु गरेर” वा (२) “यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्मा दिएको समयदेखि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले हामीलाई छोडेर स्वर्गमा नचढुन्जेलसम्म” (युडीबी) वा “परमेश्‍वरले उहाँलाई माथि नलगुन्जेलसम्म” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले ... दुई जनालाई अगाडि सारे

यहाँ “तिनीहरू” ले त्यहाँ उपस्थित भएका विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले पत्रुसले दिएको सूचीसँग मेल खाने दुई जना मानिसको नाम प्रस्ताव गरे”" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बारसाबास भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो– बारसाबास योसेफको अन्तिम नाम थियो, तर मानिसहरूले उसलाई युस्तस भन्थे ।

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “योसेफ जसलाई मानिसहरूले युस्तस र बारसाबास भन्थे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/translate-names]])

अनुवादका शब्‍दहरू