Door43-Catalog_ne_tn/act/01/17.md

3.0 KiB

जोड्ने कथनः

पत्रुसले १:१६ मा विश्‍वासीहरूको लागि उनले सुरु गरेको वचनको निरन्तरता दिन्छन् ।(./15.md) ।

सामान्य जानकारी:

पदहरू १८-१९ मा यहूदा कसरी मर्‍यो र ऊ मरेको खेतलाई मानिसहरूले के भने भन्‍ने कुराको बारेमा लेखक जानकारी दिन्छन् । यो पत्रुसको भाषणको भाग होइन। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

सामान्य जानकारी:

पत्रुसले सारा समूहलाई सम्बोधन गरिरहेको भए तापनि यहाँ “हामी” शब्दले प्रेरितहरूलाई मात्रै जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

यो मानिस

यसले यहूदा इस्करियोतलाई जनाउँछ ।

उसको दुष्‍ट कर्मको कमाइ

“उसले दुष्‍ट काम गरेर कमाएको पैसा ।” “दुष्‍ट काम” ले यहूदा इस्करियोतले येशूलाई मार्ने मानिसहरूकहाँ उहाँलाई सुम्पिएर धोका दिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो

यसले यहूदा खसेको मात्र नभई अग्लो ठाउँबाट खसेको कुरालाई जनाउँछ । त्यो खसाई त्यसको शरीर फुट्ने खालको गम्भीर थियो । धर्मशास्‍त्रका अरू खण्डहरूले ऊ झुन्डिएर मर्‍यो भनेर देखाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

रगतको खेत

जब यरूशलेममा बस्‍ने मानिसहरूले यहूदा कसरी मरेको थियो भन्‍ने कुरा थाहा पाए, तिनीहरूले त्यस खेतलाई नयाँ नाम दिए ।

अनुवादका शब्‍दहरू