Door43-Catalog_ne_tn/act/01/15.md

2.4 KiB

जोड्ने कथनः

यो घटना पत्रुस र अन्य विश्‍वासीहरू माथिल्लो कोठामा सँगै बसिरहेको बेला घटेको हो ।

ती दिनहरूमा

यी शब्दहरूले नयाँ कथाको सुरुआतलाई सङ्केत गर्छन् । यी शब्दहरूले येशू स्वर्गमा चढ्नुभएपछि चेलाहरू माथिल्लो कोठामा बसेको समयावधिलाई जनाउँछन् । वैकल्पिक अनुवादः “त्यस समयमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

१२० व्यक्ति

"एक सय बीस व्यक्ति" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

भाइका माझमा

शब्द “भाइ” ले सङ्गी-विश्‍वासीहरू, स्‍त्री र पुरुष दुवैलाई जनाउँदछ ।

धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्‍त्रबाट पढिएका कुराहरू पुरा हुनै पर्थ्यो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दाऊदको मुखबाट

शब्द “मुख” ले दाऊदले लेखेका वचनहरूलाई जनाउँदछ । वैकल्पिक अनुवादः “दाऊदका वचनहरूबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू