Door43-Catalog_ne_tn/act/01/09.md

2.4 KiB

तिनीहरूले माथि हेरिरहँदा

“जसै तिनीहरूले हेरिरहे ।” प्रेरितहरूले येशूलाई माथि हेरिरहेका थिए किनकि येशू आकाशमा उचालिनुभयो । वैकल्पिक अनुवादः “जब तिनीहरूले आकाशमा हेरिरहेका थिए” वा “तिनीहरूले हेर्दै गर्दा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँ उचालिनुभयो

यसलाई कर्ता प्रधान बनाएर पनि लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ आकाशमा उचालिनुभयो” वा “परमेश्‍वरले उहाँलाई आकाशमा उठाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो

“एउटा बादलले तिनीहरूको दृष्‍टि छेकिदियो अनि तिनीहरूले उहाँलाई देख्‍न सकेनन्”

स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका

“एकोहोरो आकाशमा हेरिरहेका” वा “लगातार आकाशमा हेरिरहेका”

हे गालीलका मानिसहरू हो

स्वर्गदूतहरूले प्रेरितहरूलाई गालीलबाट आएका मानिसहरूको रूपमा सम्बोधन गर्छन् ।

उहाँ त्यसरी नै फर्कनुहुनेछ

येशू स्वर्गमा जाँदा जसरी बादलले उहाँलाई ढाक्यो, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।

अनुवादका शब्‍दहरू