Door43-Catalog_ne_tn/act/01/04.md

3.6 KiB

जोड्ने वाक्य

यो येशू मृतकहरूबाट जीवित भएर तिनीहरूकहाँ देखा परेको ४० दिनको समयमा भएको घटना हो ।

सामान्य जानकारी:

शब्द “उहाँ” ले येशूलाई जनाउँछ । जहाँ उल्लेख गरिएको छ बाहेक, प्रेरितको पुस्तकमा "तपाईं" शब्द बहुवचन हो।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा

“येशूले उहाँका चेलाहरूसँग भेटघाट गरिरहँदा”

पिताको प्रतिज्ञा

यो पवित्र आत्माको सन्दर्भमा प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “पवित्र आत्मा, जसलाई पिताले पठाउने प्रतिज्ञा गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसको बारेमा उहाँले भन्‍नुभयो

यदि तपार्इंले अगिल्लो वाक्यमा पवित्र आत्मा शब्द पनि राखेर अनुवाद गर्नुभएको छ भने तपार्इंले “त्यस” शब्दलाई “जस” मा परिवर्तन गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा येशूले भन्‍नुभयो”

वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए ... पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ

येशूले यूहन्‍नाले दिने पानीको बप्‍तिस्मा र पवित्र परमेश्‍वरले प्रेरितहरूलाई पवित्र आत्मामा दिनुहुने बप्‍तिस्माको फरक देखाउनुहुन्छ ।

यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए

“यूहन्‍नाले मानिसहरूलाई पानीको बप्‍तिस्मा दिए” वा “यूहन्‍नाले तिनीहरूलाई पानीले बप्‍तिस्मा दिए”

तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बप्‍तिस्मा दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू