Door43-Catalog_ne_tn/3jn/front/intro.md

5.3 KiB

३ यूहन्‍नाको परिचय

भाग १: सामान्य परिचय

३ यूहन्‍नाको पुस्तकको रूपरेखा

१. परिचय (१:१) १. हौसला र अतिथि-सत्कार देखाउनलाई निर्देशनहरू (१:२-८) १. डियोत्रिफस र डेमेत्रियस (१:९-१२) १. निष्‍कर्ष (१:१३-१४)

३ यूहन्‍नाको पुस्तक केको बारेमा हो ?

यूहन्‍नाले यो पत्र गायस नाम गरेका विश्‍वासीलाई लेख्छन् । उनले गायसलाई एक मित्रको रूपमा सम्बोधन गर्छन् र उनको क्षेत्रबाट यात्रा गरिरहेका ख्रीष्‍टिएन दाजुभाइहरूप्रति अतिथि-सत्कारपूर्ण हुनलाई निर्देशन दिन्छन् ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “३ यूहन्‍ना” वा “तेस्रो यूहन्‍ना” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यूहन्‍नाबाटको तेस्रो पत्र” वा “यूहन्‍नाले लेखेको तेस्रो पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

३ यूहन्‍नाको पुस्तक कसले लेख्‍यो ?

२ यूहन्‍नाको पत्र शायद प्रेरित यूहन्‍ना आफैँद्वारा उनको जीवनको अन्ततिर लेखिएको थियो । यूहन्‍नाले आफैँलाई लेखकको रूपमा पहिचान गराउँदैनन्; बरु, उनले आफैँलाई “एल्डर” भनी बोलाउँछन् (१:१) ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

अतिथि-सत्कार भनेको के हो ?

अतिथि-सत्कार भनेको प्राचीन पूर्व नजिक क्षेत्रमा एउटा महत्त्वपूर्ण अवधारणा थियो । कुनै विदेशी वा बाहिरकाहरूसँग मैत्रीपूर्ण हुनु र तिनीहरूलाई सहायताको खाँचो परेको खण्‍डमा सहायता दिनु महत्त्वपूर्ण थियो । २ यूहन्‍नामा, यूहन्‍नाले ख्रीष्‍टिएनहरूलाई ख्रीष्‍टिएन विश्‍वासको विरुद्धमा चल्‍ने झूटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाउनलाई हतोत्साहित गर्छन् । ३ यूहन्‍नामा, यूहन्‍नाले विश्‍वासयोग्‍य शिक्षकहरूलाई अतिथि-सत्कार देखाउनलाई प्रोत्साहित गर्छन् ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

लेखकले पारिवारिक सम्बन्धहरूको प्रयोग कसरी गर्छन् ?

लेखकले “भाइ” र “अन्यजाति” जस्ता शब्दहरू यसरी चलाउँछन् कि त्यसले अलमलमा पार्न सक्छ । धर्मशास्‍त्रले “भाइहरू” शब्द यहूदीहरूलाई जनाउन प्रयोग गर्छ, तर यस पुस्तकमा यो शब्द ख्रीष्‍टिएनहरूलाई जनाउन प्रयोग गरिएको छ । त्यसैगरी, यूहन्‍नाले तिनीहरूलाई आफ्‍नो “छोराछोरीहरू” जसरी बोलाउँछन् जसलाई उनले ख्रीष्‍टलाई पछ्याउनलाई तालिम दिएका छन् । यूहन्‍नाले येशूमा कुनै विश्‍वास नराख्‍नेहरूलाई जनाउने तरिकाको रूपमा “अन्यजाति” शब्दको पनि प्रयोग गर्छन् ।