Door43-Catalog_ne_tn/3jn/01/11.md

4.2 KiB

सामान्य जानकारीः

यहाँ “हामी” ले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

प्रिय

यहाँ यो सँगी विश्‍वासीहरूको लागि प्रेम को एक शब्द को रूप मा प्रयोग भएको छ । तपाईंले १:५(./05.md)मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

जे खराब छ त्यसको अनुकरण नगर

“मानिसहरूले गर्ने खराब कुराहरूको नक्‍कल नगर”

तर जे असल छ

त्यहाँ केही छोडिएका शब्दहरू छन्, तरै पनि बुझिन्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूले गर्ने असल कुराको नक्‍कल गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

परमेश्‍वरको हो

“परमेश्‍वरको स्वामित्वमा हुन्छ”

परमेश्‍वरलाई देखेको छैन

“परमेश्‍वरको होइन” वा “परमेश्‍वरमा भरोसा गर्दैन”

डेमेत्रियसको बारेमा सबैद्वारा ... गवाही दिइन्छ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीले तिनको बारेमा राम्रो कुरा गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

डेमेत्रियस

सम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

र सत्यता आफैँद्वारा

“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ” । यहाँ सत्यता व्यक्‍तिको रूपमा बोलिरहेको छ । वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-explicit]] अनि rc://*/ta/man/translate/figs-rpronouns)

हामी पनि गवाही दिन्छौँ

यूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू