Door43-Catalog_ne_tn/3jn/01/05.md

4.2 KiB

जोड्ने कथनः

यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिस अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले यूहन्‍ना आफैँलाई र तिनीसँग भएका र सम्भवतः सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

प्रिय हो

यहाँ यसलाई सङ्गी विश्‍वासीको निम्ति प्यारो शब्दको रूपमा प्रयोग गरिएको छ ।

तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ

“परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”

भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा

“सङ्गी विश्‍वासीहरू र तिमीले नचिनेकाहरूलाई सहायता गर”

परदेशीहरू ... जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन्

“परदेशीहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”

तिमीहरूले तिनीहरूलाई ... पठाउन अलस गर्छौ

यी विश्‍वासीहरूलाई मद्दत गर्ने सामान्य अभ्यासको लागि यूहन्‍नाले गायसलाई धन्यवाद दिन्छन् ।

किनकि ... नाउँको खातिर तिनीहरू गए

यहाँ “नाउँ” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि तिनीहरू येशूको बारेमा बताउन निस्केका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

केही नलिई

कुनै उपहार वा सहायता नलिईकन नै

अन्यजातिहरू

यहाँ “अन्यजाति” ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।

ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ

“ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”

अनुवादका शब्‍दहरू