Door43-Catalog_ne_tn/3jn/01/01.md

3.8 KiB

सामान्य जानकारीः

यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो । सबै “तिमी” र “तिम्रो” ले गायसलाई जनाउँछ र यी एकवचन हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

एल्डर

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ । तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन् । लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म यूहन्‍ना एल्डरले लेखिरहेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

गायस

यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसलाई म सत्यतामा प्रेम गर्छु

“जसलाई म साँचो रूपमा प्रेम गर्छु” (युडीबी)

तिमीले सबै कुराहरूमा उन्‍नति गर र स्वस्थ होओ

“तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”

जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ

“जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”

भाइहरू

“सङ्गी विश्‍वासीहरू”

जसरी तिमी सत्यमा हिँड्छौ

बाटोमा हिंड्नु भनेको कसरी एक व्यक्ति आफ्नो जीवन बाँचिरहेको छ भन्‍ने एक रूपक हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरा छोराछोरीहरू

यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू