Door43-Catalog_ne_tn/2ti/03/16.md

2.2 KiB

सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो

“सम्पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरले श्‍वास फेरेको जस्तै हो” यसको अर्थ यो हो कि परमेश्‍वरले पवित्र-शास्‍त्रलाई आत्माद्वारा मानिसहरुलाई लेख्‍न लगाउनु भएको हो । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै पवित्रशास्‍त्र परमेस्वरले आत्माबाट बोल्नुभएको हो” (यूडीबी) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

लाभदायक छ

“उपयोगी छ” अथवा “यो फाइदाजनक छ”

दोष देखाउनको लागि

“गल्ति देखाउन”

सच्‍याउनको लागि

“गल्तिहरूलाई मिलाउन”

धार्मिकतामा तालिम दिनको लागि

“मानिसहरूलाई धर्मी बन्‍नको लागि तालिम दिन”

परमेश्‍वरका मानिस

यसले परमेश्‍वरमा विश्‍वास गर्ने स्‍त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै विश्‍वासीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

सक्षम भएर

“पूर्ण रुपले तयार भएर”

अनुवादका शब्‍दहरू