Door43-Catalog_ne_tn/2ti/03/08.md

3.6 KiB

जोड्ने कथन

पावलले मोशाको समयका दुई झुटा शिक्षकहरूको उदाहरण दिन्छन् र यसलाई मानिसहरू पछि कस्ता हुनेछन् भन्‍ने कुरासँग जोड्छन् । उनले तिमोथीलाई पावलको उदाहरण पच्छ्याउन र परमेश्‍वरको वचनमा अडिग रहनको लागि उत्साह दिन्छन् ।

यान्‍नेस र याम्ब्रेस

यी मानिसहरूका नाम हुन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

विरुद्धमा खडा भए

पावलले विरुद्धमा वादविवाद गर्नेहरूलाई विरुद्धमा उभिनेहरूको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “बिरोध गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सत्यको विरुद्धमा खडा हुन्छन्

“येशूको सुसमाचारको विरोध गर्छन्”

तिनीहरूको मन भ्रष्‍ट भएको छ

“तिनीहरू सहि प्रकारले सोच्‍न सक्दैनन्”

र विश्वासको सम्बन्धमा तिनीहरू झूटा साबित भएका छन्

तिनीहरूले ख्रीष्‍टमा कति विश्‍वास गर्छन् र उहाँको आज्ञा मान्छन् भन्‍ने कुराको जाँच भएको छ, र तिनीहरू जाँचमा अनुतीर्ण भएका छन् । वैकल्पिक अनुवादः “इमान्दार विश्‍वासबिना” वा “र तिनीहरूले प्रमाणित गरेका छन् कि तिनीहरूको विश्‍वास साँचो हैन”

यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्

यी झुटा शिक्षकहरू विश्‍वासीहरूको अगाडि विश्‍वासमा धेरै अगाडि बढ्न सक्दैनन् भन्‍ने जनाउनको लागि पावलले शारीरिक चाल जनाउने अभिव्यक्तिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै सफलता प्राप्‍त गर्ने छैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मूर्खता

“बुझाइको अभाव” वा “मूर्खता”

थाहा हुने

“सजिलै चिन्‍न सकिने”

तिनीहरूको

“यान्‍नेस र याम्ब्रेसको”

अनुवादका शब्‍दहरू