Door43-Catalog_ne_tn/2ti/03/05.md

4.2 KiB

भक्‍तिमय देखिने

पावलले भक्ति, परमेश्‍वरको आदर गर्ने बानीलाई कुनै आकार भएको वस्तुको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “धार्मिक देखापर्ने” अथवा “परमेश्‍वरको आदर गर्ने झैँ देखिन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धार्मिक देखापर्ने

“धार्मिक देखापर्ने” अथवा “परमेश्‍वरको आदर गर्ने झैँ देखिन्छन्”

... बाट अलग बस

पावलले सायद ती मानिसहरूबाट भौतिक रुपमा अलग बस्‍ने कुरा गर्दै हुनुहुन्छ तर उनी उनका पाठकहरू तिनीहरूलाई जुनसुकै रुपले भए पनि अलग बसून् भन्‍ने चाहन्छन् । वैकल्पिक अनुवादः “यी मानिसहरूबात अलग बस”

घर-घरमा पसेर ... अधीनमा पार्छन्

“घरभित्र पस्छन् र ठुलो प्रभावमा पार्छन्”

मूर्खताले भरिएका ... स्‍त्रीहरूलाई

“आत्मिक रुपले कमजोर स्‍त्रीहरू” तिनीहरू भक्तिउन्मुख कार्य गर्न असफल भएका अथवा तिनीहरू अल्छि भएका अथवा तिनीहरू पापले थिचिएका कारणले यसो भएको हुन सक्छ ।

पाप-स्वभावले थिचिएका

पावलले पापतर्फ झुकाव राख्‍ने कुरालाई ती स्‍त्रीहरूको ढाडमा पापको ठुलो भारी भएको तरिकाले व्यक्त गर्छन् । सम्भावित अर्थहरूः १) “जो निरन्तर पाप गर्दछन्” वा २) “तिनीहरूले निरन्तर पाप गरिरहेको कारण धेरै दोषी महसुस गर्छन् । यसको अर्थ यो हो कि, ती स्‍त्रीहरूले पाप गर्न नछोडेको हुनाले ती मानिसहरूले तिनीहरूलाई सजिलै प्रभाव पार्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धेरै अभिलाषाले प्रभावित

पावलले धेरै अभिलाषाहरूलाई कुनै व्यक्तिलाई डोहोर्याएर लैजान सक्‍ने कुराको रुपमा व्यक्त गर्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्‍टको आज्ञा पालन गर्नुको साटो विभिन्‍न तरिकाले पाप गर्ने इच्छा गर्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू