Door43-Catalog_ne_tn/2ti/03/01.md

3.5 KiB

जोड्ने कथन

पावलले तिमोथीलाई यो थाहा दिन्छन् कि भविष्यमा मानिसहरू सत्यबाट तर्केर जानेछन्; र सतावट आए तापनि उनीचाहिं परमेश्‍वरको पवित्रशास्‍त्रमा भर पर्न सक्‍नेछन् ।

अन्तिम दिनहरूमा

सम्भावित अर्थहरूः १) यो पावलको भन्दा पछिको समय हो । वैकल्पिक अनुवादः “भविष्यमा येशू आउनुभन्दा केही अगाडि” वा २) यसले ख्रीष्‍टियान युगलाई जनाउँछ, पावलको समय सहीत । वैकल्पिक अनुवाद; “अन्त्यको समय भन्दा अगाडिको समयमा”

खतरापूर्ण समय

यी ख्रीष्‍टियानहरूले कष्‍ट र खतरा भोग्‍ने दिनहरू,महिनाहरू, र वर्षहरू हुनेछन् ।

आफैलाई प्रेम गर्नेहरू

यहाँ “प्रेम गर्ने” ले भातृप्रेमलाई वा मित्रलाई वा परिवारलाई गर्ने प्रेम, मित्रहरू वा आफन्तहरूलाई गर्ने स्वभाविक प्रेमलाई जनाउँछ । यो परमेश्‍वरबाट आउने प्रेम हैन । वैकल्पिक अनुवादः “आत्म-केन्द्रित”

घमण्डी

आफ्नै बारेमा घमण्डका साथ बोल्ने

स्वाभाविक प्रेमरहित

“आफ्नै परिवारलाई प्रेम नगर्ने”

मेलमिलाप गर्न असमर्थ

“कसैसँगपनि सहमत नहुने” अथवा “कसैसँग पनि शान्तिमा नरहने”

निन्दा गर्नेहरू

“झुटो दोष लगाउनेहरू”

असल नरुचाउने

यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्पिक अनुवाद “असललाई घृणा गर्ने”

लापरवाह

“लापारवाह” वा “अविवेकी” यसको अर्थ यही हो कि तिनीहरू परिणाम नसोचिकनै काम गर्छन् ।

घमण्डी

“तिनीहरू आफुलाई अरुभन्दा असल सोच्छन्”

अनुवादका शब्‍दहरू