Door43-Catalog_ne_tn/2th/01/01.md

2.0 KiB

सामान्य जानकारीः

यो पत्रका लेखक पावल आफैँ हुन्, तर उनले सिलास र तिमोथीलाई यो पत्र पठाउने व्यक्तिहरूको रूपमा परिचय दिन्छन् । उनले थेसलोनिकेको मण्डलीलाई अभिवादन गरेर सुरु गर्छन् ।

सामान्य जानकारीः

अर्को किसिमले नबताइएसम्म, “हामी” र “हाम्रो” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, "तपाईं" भन्ने शब्द बहुवचन हो र थेसलोनिकेको मण्डलीका विश्वासीहरूलाई बुझाउँदछ। (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

सिल्भानस

यो “सिलास”को ल्याटिन रूप हो । यिनी प्रेरितको पुस्तकमा बताइएको पावलसँगै यात्रा गर्ने व्यक्ति हुन् ।

तिमीहरूलाई अनुग्रह होस्

पावलले साधारणतया उनका आफ्ना पत्रहरूमा यो अभिवादन प्रयोग गर्छन् ।

अनुवादका शब्‍दहरू