Door43-Catalog_ne_tn/2pe/02/20.md

4.0 KiB

संसारका दूषित गराउने कुरा

“दूषित बनाउने कुरा” ले पापमय व्यवहारलाई जनाउँछ जसले मानिसलाई नैतिक रूपले अपवित्र बनाउँछ । “संसार” ले मानिसको समाजलाई जनाउँछ । वैकल्पिक अनुवादः “पापपूर्ण मानव समाजका दूषित बनाउने क्रियाकलापहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर

तपाईं मौखिक वाक्यांश प्रयोग गरेर "ज्ञान" अनुवाद गर्न सक्नुहुन्छ । यसलाई १:२ र १:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।(../01/01.md). वैकल्पिक अनुवादः “प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्‍छ

तिनीहरूको अवस्था पहिलेको भन्दा पनि अझ खराब छ ।

धार्मिकताको मार्ग

पत्रुसले जीवनलाई मार्ग वा बाटोको रूपमा व्यक्त गर्छन् । यो वाक्यांशले परमेश्‍वरको इच्छाअनुसारको जीवन जिउने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरू

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई दिनुभएका पवित्र आज्ञाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूको निम्ति यो उखान सत्य छ

“यो उखान तिनीहरूमा लागु हुन्छ” वा “यो उखानले तिनीहरूको वर्णन गर्छ”

कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्‍छ

पत्रुसले झुटा शिक्षकहरू “सही मार्ग” थाहा हुँदाहुँदै पनि कसरी तिनीहरूलाई नैतिक र आत्मिक रूपले अपवित्र पार्ने कुराहरूतर्फ फर्केका छन् भन्‍ने कुरा बुझाउनलाई यी दुईवटा उखानको प्रयोग गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

अनुवादका शब्‍दहरू