Door43-Catalog_ne_tn/2pe/02/17.md

6.3 KiB

यी मानिसहरू पानीविनाको मूल जस्ता छन्

मूलको पानीले तिर्खाएका मानिसहरूलाई ताजगी दिन्छ, तर “पानीविनाको मूल” ले तिर्खाएको मानिसलाई दुःखित तुल्याउँछ । त्यसरी नै, झुटा शिक्षकहरूले धेरै कुराका प्रतिज्ञाहरू गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू पुरा गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनीहरू आँधीले उडाई लैजाने बादलजस्तै छन्

जब मानिसहरूले आँधीको बादल देख्छन्, तिनीहरूले पानी पर्ने आशा गर्छन् । तर जब पानी पर्नु अगाडि नै हावाले त्यो बादललाई उडायो भने मानिसहरू निराश हुन्छन् । त्यसरी नै, झुटा अगमवक्‍ताहरूले धेरै कुराको प्रतिज्ञा गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू पुरा गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ

शब्द “तिनीहरू” ले झुटा शिक्षकहरूलाई जनाउँछ । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूको निम्ति घोर अन्धकार साँचेर राख्‍नुभएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन्

तिनीहरूले प्रभावशाली तर अर्थहीन शब्दहरू बोल्छन् ।

तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन्

तिनीहरूले मानिसहरूलाई अनैतिक र पापमय कार्यहरूमा लाग्‍नको निम्ति आकर्षण गर्छन् ।

भाग्‍न खोज्‍नेहरू ... छुटकारा दिने प्रतिज्ञा ... भ्रष्‍टताका दास

पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापमा दासत्वबाट छुटकारा पाउनुपर्ने मानिसहरूको रूपमा चित्रित गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरू

यो वाक्यांशले भर्खरै विश्‍वासमा आएकाहरूलाई जनाउँछ । “खराबी गर्नेहरू” ले पापमा जिइरहेका अविश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “पापमय तरिकाले नजिईकन सही किसिमले जिउन खोज्‍नेहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्‍टताका दास छन्

“झुटा शिक्षकहरूले ती मानिसहरूलाई छुटकाराको प्रतिज्ञा गर्छन्, तर ती आफैचाहिँ भ्रष्‍टताका दास छन् ।” झुटा शिक्षकहरूले मानिसहरूलाई पापबाट मुक्त गराउने प्रतिज्ञा गर्छन्, तर ती आफैचाहिँ पाप गर्नबाट अलग रहन सक्दैनन् ।”

किनकि मान्छेलाई जुन कुराले जित्छ ऊ त्यसैको दास बन्‍छ

पत्रुसले कुनै मानिसलाई जे कुराले नियन्त्रणमा राख्छ, ऊ त्यसैको दास बन्‍ने र त्यो कुराचाहिँ मानिसको मालिक बन्‍ने कुरा गर्छन् । वैकल्पिक अनुवादः “किनकि यदि कुनै कुराले मानिसलाई नियन्त्रणमा राख्छ भने त्यो व्यक्ति त्यस कुराको दासजस्तै बन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू