Door43-Catalog_ne_tn/2pe/02/12.md

6.2 KiB

यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा ... बनाइएका हुन् ।

जसरी पशुहरूले सोच्‍न र तर्क गर्न सक्दैनन्, तिनीहरूले पनि सोच्‍न सक्दैनन् । वैकल्पिक अनुवादः “यी झुटा अगमवक्‍ताहरू जो अज्ञानी पशुहरूजस्तै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् ।

तिनीहरूले नजानेका र नबुझेका कुराहरूको बारेमा तिनीहरू दुष्‍ट कुराहरू गर्छन् ।

तिनीहरू नष्‍ट पारिनेछन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्‍त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आफैले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ

झुटा शिक्षकहरूले पाउने दण्डलाई पत्रुसले इनामको रूपमा व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूका गलत कामहरूलाई मिल्ने किसिमका दण्डहरू तिनीहरूले प्राप्‍त गर्नेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

दिनमा आनन्दित

“आनन्दित” शब्दले खन्चुवापन, पियक्कडपन र यौन गतिविधिजस्ता अनैतिक कुराहरूलाई जनाउँछ । यी कामहरू दिनमा गर्ने कुराले ती मानिसहरू यस्ता कामहरू गर्दा लाज मान्दैनन् भन्‍ने जनाउँछ ।

तिनीहरू धब्बा र दागहरू हुन् ।

“धब्बा” र “दागहरू” शब्दहरूले एउटै अर्थ दिन्छन् । पत्रुसले झुटा शिक्षकहरूलाई कपडामा लागेका दागहरूको रूपमा व्यक्त गरेका छन्, जसलाई लगाउनेले लाजको बोध गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरू कपडामा लागेका धब्बा र दागहरू हुन, जसले अपमान ल्याउँछ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublet]])

तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन ।

भरिएका आँखा भन्‍नाले देखेका कुराहरूमा लागिरहने कुरालाई जनाउँछ । सम्भावित अर्थहरूः (१) “तिनीहरूले सबै स्‍त्रीलाई व्यभिचारिणीको रूपमा देख्छन् र तिनीहरूसँग सहवास गर्न चाहन्छन्” वा (२) “तिनीहरू सधैँ व्यभिचारी स्‍त्रीको खोजीमा रहन्छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन्

तिनीहरू आफ्नो कुवासनालाई सन्तुष्‍ट पार्नको निम्ति नै पाप गर्छन्, तिनीहरूले गरेका पापहरूले कहिल्यै पनि तिनीहरूलाई सन्तुष्‍टि दिँदैनन् ।

तिनीहरूले अस्थिर मनहरूलाई नराम्रो काममा लोभ्याउँछन्

शब्द “मनहरू” ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “तिनीहरूले अस्थिर मानिसहरूलाई नराम्रो काममा लोभ्याउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मनले लोभमा तालिम पाएका हुन्छन्

शब्द “मन” ले तिनीहरूका विचार र भावनाहरूलाई जनाउँछ । तिनीहरूको बानीको कारणले तिनीहरूले आफैलाई लोभी भएर सोच्‍न र काम गर्न तालिम दिएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू