Door43-Catalog_ne_tn/2pe/02/10.md

3.4 KiB

जोड्ने वाक्यः

पत्रुसले अधर्मी मानिसका गुणहरूको बारेमा वर्णन गर्दै यो खण्डको सुरु गर्छन् ।

यो विशेष गरी

शब्द “यो” ले परमेश्‍वरले अधर्मी मानिसलाई न्यायको दिनसम्म थुनामा राख्‍ने कामलाई जनाउँछ २:९ ।(./07.md).

शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने

“शरीरका इच्छाहरू” ले पापमय स्वभावका इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “भ्रष्‍ट पापमय इच्छाहरूमा लागिरहने”

अधिकारलाई तुच्छ ठान्‍ने

“परमेश्‍वरको अधिकारलाई नमान्‍ने” यहाँ अधिकारले परमेश्‍वरको अधिकारलाई जनाउँछ ।

अधिकार

यहाँ “अधिकार” ले परमेश्‍वरलाई जनाउँछ, जोसँग आज्ञाहरू दिने र अनाज्ञाकारीहरूलाई दण्ड दिने अधिकार छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

स्वेच्छाचारी

“मनलागी गर्ने”

महिमितहरू

यसले स्वर्गदूतहरू वा भूतहरूजस्ता आत्मिक प्राणीहरूलाई जनाउँछ ।

धेरै शक्ति र दक्षता

"झूटा शिक्षकहरू भन्दा बढी शक्ति र दक्षता"

तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन्

शब्द “तिनीहरू” ले स्वर्गदूतहरूलाई जनाउँछ । “तिनीहरू” शब्दको सम्भावित अर्थहरूः (१) महिमितहरू वा (२) झुटा शिक्षकहरू

तिनीहरूका विरुद्धमा अपमानजनक फैसलाहरू ल्याउनुहोस्

पत्रुसले दुष्‍ट मानिसहरूलाई स्वर्गदूतहरूले दोष लगाउने कुरालाई दोषको हतियार प्रयोग गरेर आक्रमण गर्ने कुराको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू