Door43-Catalog_ne_tn/2pe/02/04.md

4.8 KiB

जोड्ने वाक्यः

पत्रुसले परमेश्‍वरको विरुद्धमा काम गर्ने मानिसहरूको उदाहरण दिन्छन्, जसलाई तिनीहरूको कामको कारण परमेश्‍वरले सजाय दिनुभयो ।

छोड्नुभएन

“सजाय दिनबाट पछि हट्नुभएन” वा “सजाय दिनुभयो”

तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो

“पाताल”ग्रिक शब्द “तार्तारस” को अनुवाद हो जुनग्रिक धर्मबाट आएको हो । यसले दुष्‍ट आत्माहरू र मरेका दुष्‍ट मानिसहरूलाई सजाय दिने ठाउँलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई नरकमा हालिदिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो

वैकल्पिक अनुवादः जहाँ उहाँले तिनीहरूलाई साङ्लाले बाँधेर राख्‍नुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

साङ्लाले बाँधेर घोर अन्धकारमा

सम्भावित अर्थहरूः (१) “निस्पट्ट अन्धकार ठाउँमा साङ्लाले बाँधेर वा (२) “तिनीहरूलाई साङ्लाले जस्तै थुनेर राख्‍ने घोर अन्धकारमा ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

इन्साफ नहुन्जेलसम्‍म

यसले परमेश्‍वरले सबै जनालाई न्याय गर्ने दिनलाई जनाउँछ ।

उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन

शब्द “संसार” ले त्यसमा बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्राचीन संसारमा बस्‍ने मानिसहरूलाई पनि बाँकी राख्‍नुभएन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो

प्राचीन संसारमा बस्‍ने मानिसहरूलाई नष्‍ट गर्नुहुँदा उहाँले नोआ र अरू सात जनालाई नष्‍ट गर्नुभएन ।

सदोम र गमोराका सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो

“सदोम र गमोराका सहरहरूलाई खरानी नहुञ्‍जेलसम्म जलाउनुभयो”

तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो

शब्द “तिनीहरू” ले सदोम र गमोरा अनि ती सहरहरूमा बस्‍ने मानिसहरूलाई जनाउँछ ।

अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्‍ति

सदोम र गमोराले परमेश्‍वरको आज्ञा नमान्‍नेहरूलाई के हुन्छ भन्‍ने कुराको उदाहरण र चेतावनीलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू