Door43-Catalog_ne_tn/2pe/02/01.md

5.0 KiB

सामान्य जानकारीः

पत्रुसले विश्‍वासीहरूलाई झुटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।

झुटा अगमवक्‍ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन्

इस्राएलीहरूलाई छल गर्दै जसरी झुटा अगमवक्‍ताहरू आए, त्यसरी नै ख्रीष्‍टको बारेमा झुट बोल्दै झुटा शिक्षकहरू पनि आउनेछन् ।

विनाशकारी झुटा शिक्षाहरू

“झुटा शिक्षाहरू” ले ख्रीष्‍ट र प्रेरितहरूको शिक्षाभन्दा फरक विचारलाई जनाउँछ । यी झुटा शिक्षाहरूले तिनमा विश्‍वास गर्नेहरूको विश्‍वासलाई नष्‍ट गर्ने काम गर्छन् ।

तिनीहरूलाई किनेको गुरू

यहाँ "गुरू" शब्दले दासलाई स्वामित्व भएको एक जनालाई जनाउँछ। पत्रुसले येशू आफूले किनेका व्यक्तिहरूको मालिकको रूपमा बोल्छन्, मूल्य उसको मृत्यु ।(हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

विलासी आचरण

“अनैतिक यौन व्यवहार”

सत्यताको मार्ग निन्दित हुनेछ

पदावली “सत्यताको मार्ग” ले ख्रीष्‍टियान विश्‍वास परमेश्‍वरकहाँ पुग्‍ने सत्य बाटो हो भन्‍ने कुरालाई जनाउँछ । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्‍वास नगर्नेहरूले सत्यताको मार्गलाई निन्दा गर्नेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन्

“झुट बोलेर तिमीहरूबाट पैसा लिनेछन्”

तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निस्क्रिय छैन

पत्रुसले श्राप र विनाशलाई कुनै मानिसको रूपमा व्यक्त गर्दछन् । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झुटा शिक्षकहरूको विनाश कति चाँडै हुनेछ भन्‍ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-parallelism]])

तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निस्क्रिय छैन

यी वाक्यांशहरूलाई सकारात्मक तरिकाले पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई चाँडै श्राप दिनुहुनेछ; उहाँ तिनीहरूको विनाश गर्नको निम्ति तयार हुनुहुन्छ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])

अनुवादका शब्‍दहरू