Door43-Catalog_ne_tn/2pe/01/12.md

3.0 KiB

जोड्ने वाक्यः

पत्रुस विश्‍वासीहरूलाई निरन्तर सम्झना दिलाउने वा सिकाउने दायित्व आफ्नो भएको कुरा तिनीहरूलाई बताउँछन् ।

तिमीहरूलाई यी कुराहरू सम्झाउन

“यी कुराहरू” ले पत्रुसले पहिलेका पदहरूमा भनेका सबै कुरालाई जनाउँछ ।

तिमीहरू यो सत्यतामा बलियो

“तिमीहरूले यी कुराहरूको सत्यतालाई बलियो गरी विश्‍वास गर्छौ ।”

तिमीहरूलाई जागा राख्‍नु

“जागा राख्‍नु” भन्‍ने पदावलीले निद्राबाट बिउँझाउनु भन्‍ने अर्थ दिन्छ । पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्‍ने कुरालाई तिनीहरूलाई निद्राबाट बिउँझाउने कामसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः तिमीहरूलाई यी कुराहरूको बारेमा सम्झना दिलाउँदै सोच्‍ने बनाउनको निम्ति (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जबसम्म म यो शरीररूपी पालमा छु ... यो पाललाई चाँडै त्याग्दै छु

पत्रुसले आफ्नो शरीरलाई त्याग्‍‍न मिल्ने पालको रूपमा व्यक्‍त गर्दछन् । यो वाक्यांशले उहाँको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “जबसम्म म जीवित हुन्छु ... म मर्नेछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-euphemism]])

मेरो प्रस्थानपछि

पत्रुसले आफ्नो मृत्युलाई एउटा ठाउँ छोडेर कुनै अर्को ठाउँमा जाने कुराको रूपमा व्यक्‍त गर्दछन् । वैकल्पिक अनुवादः “मेरो मृत्युपछि” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-euphemism]])

अनुवादका शब्‍दहरू