Door43-Catalog_ne_tn/2jn/front/intro.md

5.7 KiB

२ यूहन्‍नाको परिचय

भाग १: सामान्य परिचय

२ यूहन्‍नाको पुस्तको रूपरेखा

१. अभिवादन (१:१-३) १. हौसला र सबैभन्दा महान् आज्ञा (१:४-६) १. झूटा शिक्षकहरूको बारेमा चेतावनी (१:७–११) १. सङ्गी विश्‍वासीहरूबाटको अभिवादनहरू (१:१२-१३)

२ यूहन्‍नाको पुस्तकको केको बारेमा हो ?

यूहन्‍नाले यो पत्रमा उनले “चुनिएकी स्‍त्री” भनेर बोलाउने कोही व्यक्ति र “उनका छोराछोरीहरू” (१:१) लाई सम्बोधन गरे । यो कुनै खास मित्र र उनका छोराछोरीलाई सम्बोधन गरेको हुन सक्छ, वा यसले कुनै खास स्थानमा भएको वा सबैठाउँमा भएको मण्‍डली, विश्‍वासीहरूको समूहलाई जनाएको हुन सक्छ । यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य भनेको विश्‍वासीहरूलाई हौसला दिन र तिनीहरूको दयाको फाइदा उठाइरहेका झूटा शिक्षकहरूका विषयमा तिनीहरूलाई चेतावनी दिनलाई थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस पुस्‍तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ यूहन्‍ना” वा “दोस्रो यूहन्‍ना” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यूहन्‍नाबाटको दोस्रो पत्र” वा “यूहन्‍नाले लेखेको दोस्रो पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

२ यूहन्‍नाको पुस्तक कसले लेख्यो ?

२ यूहन्‍नाको पत्र शायद प्रेरित यूहन्‍ना आफैँद्वारा उनको जीवनको अन्ततिर लेखिएको थियो । यूहन्‍नाले आफैँलाई लेखकको रूपमा पहिचान गराउँदैनन्; बरु, उनले आफैँलाई “एल्डर” भनी बोलाउँछन् । २ यूहन्‍नाको सामग्री यूहन्‍ना सुसमाचारमा पाइने सामग्रीसँग धेरै मिल्छ ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

अतिथि-सत्कार भनेको के हो ?

अतिथि-सत्कार भनेको प्राचीन पूर्व नजिक क्षेत्रमा एउटा महत्त्वपूर्ण अवधारणा थियो । कुनै विदेशी वा बाहिरकाहरूसँग मैत्रीपूर्ण हुनु र तिनीहरूलाई सहायताको खाँचो परेको खण्‍डमा सहायता दिनु महत्त्वपूर्ण थियो । यूहन्‍नाले भलाइको भावना बोकेका पाहुनालाई अतिथि-सत्कार देखाउने र ख्रीष्‍टिएन विश्‍वासको विरुद्धमा चल्‍ने कुनै झूटो शिक्षकलाई सहायता गर्ने कुरामा भेद राख्‍छन् ।

यूहन्‍नाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?

यो सम्भव छ कि यूहन्‍नाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्‍टिकहरू” भनिने थियो । यी मानिसहरूले येशू पूर्ण रूपले परमेश्‍वर हुनुहुन्थ्यो तर उहाँ वास्तवमा पृथ्वीमा शारीरिक शरीरसहितको मानव हुनुहुन्‍नथ्यो भनेर मान्थे । तिनीहरूले यस्तो कुरा विश्‍वास गरे किनकि तिनीहरूले भौतिक संसारलाई दुष्‍ट देखे । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/evil)