Door43-Catalog_ne_tn/2co/12/19.md

2.6 KiB

के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ ?

मानिसहरूले सोचिरहेका कुरालाई स्वीकार गर्न पावलले यो प्रश्‍न प्रयोग गर्छन् । यो सत्य होइन भनी तिनीहरूलाई ढुक्क पार्न उनले यसो गर्छन् । वैकल्पिक अनुवादः “शायद तिमीहरू सोच्छौ कि यति बेलासम्म हामीले आफैँलाई तिमीहरूको सामु सफाइ दिइरहेका छौँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

परमेश्‍वरको नजरमा

पावलले गरेका सबै थोक परमेश्‍वरले जान्नुभएको विषयमा पावल यसरी कुरा गर्छन् मानौँ उनले भनेका र गरेका सबै थोकलाई परमेश्‍वरले शारिरिक रूपमा उपस्थित भएर हेर्नुभएको हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु” वा “परमेश्‍वरलाई साक्षीको रूपमा” वा “परमेश्‍वरको उपस्थितिमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूलाई बलियो बनाउनको निम्ति

“तिमीहरूलाई बलियो बनाउन ।” पावलले परमेश्‍वरको आज्ञा पालन गर्नु र आज्ञा पालन गर्ने इच्छालाई शारीरिक वृद्धि भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूले परमेश्‍वरलाई चिन्नेछौ र उहाँको आज्ञापालन अझ राम्ररी गर्नेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू