Door43-Catalog_ne_tn/2co/11/27.md

5.0 KiB

नाङ्गोपन

यहाँ पावलले आफ्नो लुगाको आवश्यकतालाई देखाउन अतिरञ्‍जन गर्छन् । वैकल्पिक अनुवादः “मलाई न्यानो गर्ने पर्याप्‍त कपडा बिना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

ममाथि चिन्ताको दैनिक दबाब छ

मण्डलीहरूले कतिको परमेश्‍वरको आज्ञापालन गर्छन् भन्‍ने कुराको लागि परमेश्‍वरले उनलाई उत्तरदायी तुल्याउनुहुन्छ भनेर पावल जान्दछन् र ती जानकारीलाई उनलाई तल धकेल्ने थोकहरू हुन झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “सबै मण्डलीहरूको आत्मिक वृद्धिको निम्ति परमेश्‍वरले मलाई जिम्मेवार ठान्नुहुन्छ, र त्यसैले सदैव गह्रौँ वस्तुले मलाई थिचेको जस्तो मलाई महसुस हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

को कमजोर छ, र म कमजोर छैन ?

यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ, म आफैँ पनि त्यो दुर्बलता महसुस गर्छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

को कमजोर छ, र म कमजोर छैन ?

सम्भवतः “कमजोर” शब्द आत्मिक अवस्थाको निम्ति रूपक हो, तर पावलले केको बारेमा उल्लेख गरिरहेका छन् भन्ने बारेमा कोही पनि निश्‍चित छैनन्, त्यसैले उही शब्द प्रयोग गर्न उत्तम हुन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ म पनि दुर्बल हुन्छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कसले ठक्‍कर खाएको छ, र म व्याकुल हुँदिन ?

जब कुनै सङ्गी विश्‍वासीलाई पाप गराइन्छ तब पावलले आफ्नो रीस व्यक्त गर्न यो प्रश्‍न प्रयोग गर्छन् । यहाँ उनको रीसलाई उनीभित्र दन्किरहेको रूपमा उल्लेख गरिएको छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले अर्को भाइलाई पाप गर्न लगाउँछ, म रिसाउँछु ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

ठक्‍कर खान लगाएको

पावलले पापलाई केही कुरामा ठेस लागेर लड्ने भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “पापतिर डोहोर्‍याइएको छ” वा “अरू कसैले गरेको केही कुराको कारण परमेश्‍वरले उसलाई पाप गर्न दिनुहुन्छ भन्‍ने ठान्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म जल्दिन

पावलले रिसाउने कुरालाई आफ्नो शरीरभित्र आगो भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “म यसको बारेमा रिसाएको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू