Door43-Catalog_ne_tn/2co/11/22.md

4.3 KiB

जोड्ने कथनः

जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्‍टि गर्ने कुरालाई निरन्तरता दिन्छन्, उनी विश्‍वासी हुँदादेखि उनमाथि आइपरेका विशेष कुराहरू उल्लेख गर्छन् ।

के तिनीहरू हिब्रूहरू हुन् ? ... के तिनीहरू इस्राएली हुन् ? ... के तिनीहरू अब्राहामका सन्तान हुन् ? ... के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? ( म पागल भएको जस्तै गरी कुरा गर्छु ।) म अझै बढ्ता हुँ

पावलले सम्भवतः कोरिन्थीहरूले सोधिरहेका प्रश्‍नहरू नै सोधिरहेका छन् र उनी ती उच्च प्रेरितहरू झैँ यहूदी हुन् भनी जोड दिनलाई तिनीहरूको जवाफ दिइरहेका छन् । सम्भव भए प्रश्‍न र जवाफको ढाँचालाई राख्नु राम्रो हुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू महत्त्वपुर्ण छन् भनी तिमीहरूले सोचेका र तिनीहरूले भनेको कुरा विश्‍वास गरेको तिनीहरू चाहन्छन् किनभने तिनीहरू हिब्रूहरू र इस्राएलीहरू र अब्राहामका सन्तानहरू हुन् । त्यसोभए, म पनि हुँ । तिनीहरू भन्छन्, तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्- म पागल झैँ बोल्दछु- तर म बढी हुँ”

म पागल भएको जस्तै गरी

“म ठीक तरिकाले सोच्न नसक्ने जस्तै”

म अझै बढ्ता हुँ

तपाईंले बुझिएको जानकारीलाई प्रस्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म तिनीहरूभन्दा बढी ख्रीष्‍टको सेवक हुँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अझ धेरै कडा परिश्रममा

“मैले बढि मेहनत गरेको छु”

झन् धेरै झ्यालखानाहरूमा

“म धेरै पटक झ्यालखानामा परेको छु”

मापन गर्न नै नसकिने गरी कुटाइ खानुमा

यो एउटा उपमा हो र उनलाई धेरै-धेरै पटक कुटिएको छ भनी जोड दिनलाई अतिरञ्‍जित गरिएको छ । वैकल्पिक अनुवादः “म साह्रै धेरै चोटि पिटिएको छु” वा “म गन्‍नै नसकिने गरी पिटिएको छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]])

मृत्युका धेरै खतराहरूको सामनामा

“म धेरै पटक झण्डै मरेको छु”

अनुवादका शब्दहरू