Door43-Catalog_ne_tn/2co/07/08.md

5.2 KiB

जोड्ने कथनः

पावलले तिनीहरूको ईश्‍वरीय कष्‍ट, ठीक कुरा गर्ने तिनीहरूको जोश, र उनी र तीतसलाई त्यसले ल्याएको आनन्दको लागि तिनीहरूको प्रशंसा गर्छन् ।

सामान्य जानकारीः

यसले यी कोरिन्थी विश्‍वासीहरूलाई लेखिएको पावलको अघिल्‍लो पत्रलाई जनाउँछ जहाँ उनले तिनीहरूलाई एक विश्‍वासीको आफ्‍नो बाबुकी पत्‍नीसितको यौन अनैतिकतालाई तिनीहरूले स्वीकार गरेको कुराको लागि हप्‍काएका थिए ।

जब मैले देखेँ कि मेरो पत्र

“जब मैले थाहा पाएँ कि मेरो पत्र”

तिमीहरू चिन्तामा पर्‍यौ भनेर होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले मेरो पत्रमा तिमीहरूलाई भनेको कुराले तिमीहरूलाई चिन्तामा पारेको कारण होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूले मेरो कारणले कुनै हानि भोगेनौँ

“हामीले तिमीहरूलाई हप्‍काएको कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौँ ।” यसको अर्थ हो कि हुन त त्यो पत्रले तिनीहरूलाई दुःखित बनायो, आखिरमा तिनीहरूले त्यो पत्रबाट लाभ उठाए किनभने त्यसले तिनीहरूलाई पश्‍चात्तापमा डोहोर्‍यायो । वैकल्‍पिक अनुवादः “त्यसैले हामीले तिमीहरूलाई कुनै रीतिले हानि पुर्‍याएनौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

किनभने ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले उद्धारलाई पूरा गर्छ

यसअघि आएको कुरालाई र यसपछि आउने कुरालाई प्रष्‍ट पार्नलाई “पश्‍चाताप” शब्दलाई दोहोर्‍याउन सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने ईश्‍वरीय कष्‍टले पश्‍चात्ताप उत्पन्न गर्छ र पश्‍चात्तापले मुक्तितिर डोहोर्‍याउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

पश्‍चात्ताप बिना

सम्भावित अर्थहरू हुन् १) तिनीहरूलाई दुःख पुर्‍याएकोमा पावललाई कुनै पश्‍चाताप छैन किनभने त्यो दुःखले तिनीहरूको पश्‍चाताप र मुक्तितिर डोहोर्‍यायो वा २) कोरिन्थीहरूले दुःख भोगेकोमा पश्‍चाताप गर्नेछैनन् किनभने त्यसले तिनीहरूको पश्‍चाताप र मुक्तितिर डोहोर्‍यायो ।

तापनि सांसारिक शोकले मृत्यु ल्याउँछ

यस प्रकारको शोकले मुक्तिको साटोमा मृत्युतर्फ डोहोर्‍याउँछ किनभने त्यसले पश्‍चाताप उत्पन्‍न गर्दैन । वैकल्पिक अनुवादः “तापनि सांसारिक शोकले भने आत्मिक मृत्युतर्फ डोहोर्‍याउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

translationWords