Door43-Catalog_ne_tn/2co/07/02.md

4.6 KiB

जोड्ने कथनः

कोरिन्थीहरूलाई पछ्यान लगाउन प्रयास गरिरहेका अरू अगुवाहरूको बारेमा कोरिन्थका मानिसहरूलाई अघिबाटै चेतावनी दिएर पावलले तिनीहरूको बारेमा उनलाई लाग्‍ने कुरा मानिसहरूलाई याद दिलाउँछन् ।

हाम्रा निम्ति ठाउँ बनाओ

यसले पावलले तिनीहरूलाई २ कोरिन्थीहरू ६:११-१३ मा उनको निम्ति तिनीहरूले हृदय खोल्‍ने बारेमा भनेको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूको हृदयमा हाम्रो निम्ति ठाउँ बनाओ” वा “हामीलाई प्रेम गर र हामीलाई स्वीकार गर” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तिमीहरूलाई दोष लाउन मैले यो भनेको होइन

“म यो तिमीहरूले गल्ती गरेको दोष लाउन भन्दिन ।” “यो” शब्दले पावलले भर्खरै मात्र कसैलाई खराबी नगरेको बारेमा बताएको कुरालाई जनाउँछ ।

तिमीहरू हाम्रा हृदयहरूमा छौ

पावलले उनी र उनका सहकर्मीहरूको कोरिन्थीहरूप्रतिको प्रेमलाई तिनीहरूले ती तिनीहरूको हृदयमा राखेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू हाम्रो निम्ति अति प्रिय छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामीहरू सँगै मर्न र सँगै बाँच्‍न

यसको आशय हो कि जे भए पनि पावल र उनका सहकर्मीहरूले कोरिन्थीहरूलाई प्रेम गरिरहने छन् । वैकल्‍पिक अनुवादः “चाहे हामी बाँचौँ वा चाहे हामी मरौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

... को लागि हामी मर्न

“हामीलाई”ले कोरिन्थी विश्‍वासीहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

म सान्तवनाले भरिएको छु

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू मलाई सान्तवनाले भर्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म आनन्दले भरिभराउ हुन्छु

पावलले आनन्दको बारेमा यसरी बताउँछन् मानौँ त्यो चाहिँ एउटा तरल पदार्थ हो जसले उनी पोखिएर नगएसम्म भर्छ । वैकल्‍पिक अनुवादः “म अत्यन्त आनन्दित छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा सबै कष्‍टहरूमा पनि

“हाम्रा सबै कठिनाइहरूका बाबजुद पनि”

translationWords