Door43-Catalog_ne_tn/2co/06/04.md

4.2 KiB

सामान्य जानकारीः

यहाँ जब पावलले “हामी”को प्रयोग गर्छन्, उनी आफैँ र तिमोथीलाई जनाउँदै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हामी हाम्रो सबै कामबाट आफैँलाई प्रमाणित गर्छौं कि हामी परमेश्‍वरका सेवकहरू हौँ

“हामीले गर्ने सबै कुराले हामी परमेश्‍वरका सेवकहरू हौँ भनेर प्रमाणित गर्छौं”

हामी धेरै सहनशीलतामा ... अनिदो रातहरूमा, भोकमा उहाँका सेवकहरू हौँ

पावलले विभिन्‍न कठिन परिस्थितिहरूलाई उल्‍लेख गर्छन् जसमा तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर तिनीहरूले प्रमाणित गरे ।

शुद्धतामा ... सच्‍चा प्रेममा

पावलले थुप्रै नैतिक सद्‌गुणहरूको सूची बनाउँछन् जुन तिनीहरूले कठिन परिस्थितिहरूमा कायम राखेका थिए जसले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर साबित गर्‍यो ।

हामी सत्यताको वचनमा, परमेश्‍वरको शक्तिमा उहाँका सेवकहरू हौँ

परमेश्‍वरको शक्तिमा सुसमाचार प्रचार गर्ने तिनीहरूको समर्पणले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर साबित गर्छ ।

वचनको सत्यतामा

“परमेश्‍वरको सत्य वचनको प्रचारमा”

हामीसित दाहिने र देब्रे हातको निम्ति धार्मिकताको हतियार छ

पावलले तिनीहरूको धार्मिकताको बारेमा तिनीहरूले आत्मिक लडाइँ लड्नलाई प्रयोग गर्ने हतियारहरू भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धार्मिकताको हतियार

“हाम्रो शस्‍त्रको रूपमा धार्मिकता” वा “हाम्रो हतियारको रूपमा धार्मिकता”

दायाँ र देब्रे हातको लागि

सम्भावित अर्थहरू हुन् १) कि त्यहाँ एउटा हातमा हतियार छ र अर्को हातमा ढाल छ २) कि तिनीहरू कुनै पनि दिशाबाट आइपर्ने आक्रमणलाई रोक्‍नलाई सक्षम भएर युद्धको निम्ति पूर्ण रूपमा सुसज्जित छन् ।

translationWords