Door43-Catalog_ne_tn/2co/05/18.md

2.5 KiB

यी सबै कुराहरू

“परमेश्‍वरले यी सबै कुराहरू गर्नुभएको छ ।” यसले पुराना कुराहरूलाई नयाँ कुराहरूले प्रतिस्थापन गर्ने कुराको बारेमा अघिल्ला पदहरूमा पावलले भर्खरै बताएको कुरालाई जनाउँछ ।

पुनर्मिलापको सेवा

यसलाई मौखिक वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई उहाँप्रति पुनर्मिलाप गराउने सेवकाइ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

त्यो ... हो

“त्यसको अर्थ हो”

ख्रीष्‍टमा परमेश्‍वरले संसारलाई आफूसित पुनर्मिलापमा ल्याउँदै हुनुहुन्छ

यहाँ “संसार” शब्दले संसारमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टमा, परमेश्‍वरले मानवजातिलाई आफूसँग पुनर्मिलाप गराइरहनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँले हामीलाई पुनर्मिलापको सम्देश जिम्‍मा लगाइरहनुभएको छ

परमेश्‍वरले मानिसहरूलाई आफूसित पुनर्मिलाप गराउँदै हुनुहुन्छ भन्ने सन्देश फैलाउने जिम्मेवारी परमेश्‍वरले पावललाई दिनुभएको छ ।

पुनर्मिलापको सन्देश

“पुनर्मिलापको बारेमा भएको सन्देश”

translationWords