Door43-Catalog_ne_tn/2co/05/16.md

2.4 KiB

जोड्ने कथनः

ख्रीष्‍टको प्रेम र मृत्युको कारण, हामीले मानवीय मापदण्डहरूद्वारा न्याय गर्नुहुँदैन । ख्रीष्‍टको मृत्युद्वारा परमेश्‍वरसँग कसरी एक हुने र शान्तिमा रहने र ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता प्राप्‍त गर्ने भनी अरूहरूलाई सिकाउन हामीलाई नियुक्त गरिएको छ ।

यसैकारण

यसले पावलले आफू स्वयमको निम्ति भन्दा ख्रीष्‍टको निम्ति जिउने कुराको बारेमा भर्खरै बताएको कुरालाई जनाउँछ ।

ऊ नयाँ सृष्‍टि हो

पावलले ख्रीष्‍टमा विश्‍वास गर्ने कोही व्यक्तिको बारेमा यसरी कुरा गर्छन् मानौँ परमेश्‍वरले एउटा नयाँ व्यक्ति सृष्‍टि गर्नुभएको हो । वैकल्‍पिक अनुवादः “ऊ एउटा नयाँ व्यक्ति हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पुराना कुराहरू बितेर गएका छन्

यहाँ “पुराना कुराहरू”ले कोही व्यक्तिले ख्रीष्‍टमा विश्‍वास गर्नु अगाडि तिनीहरूको स्वभावलाई वर्णन गर्ने कुराहरूलाई जनाउँछ ।

हेर

यहाँ “हेर” शब्दले यसपछिको चकित बनाउने जानकारीप्रति ध्यान दिन हामीलाई सावधान गराउँछ ।

translationWords