Door43-Catalog_ne_tn/2co/03/17.md

2.6 KiB

अब हामी सबै

यहाँ “हामीलाई” शब्दले सारा विश्‍वासीहरूलाई जनाउँछ, जसमा पावल र कोरिन्थीहरू पनि समेटिएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

घुम्टो हटाइएको अनुहारले प्रभुको महिमालाई हेर्छौं

मोशाले तिनको मुहारलाई घुम्टोले ढाकेको कारण त्यसमा झल्‍किएको परमेश्‍वरको महिमालाई देख्‍न नसक्‍ने इस्राएलीहरूको विपरीतमा, विश्‍वासीहरूलाई परमेश्‍वरको महिमा देख्‍न र बुझ्नबाट रोक्‍ने त्यहाँ केही छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी त्यहि महिमामय रूपमा बद्‌लिँदै छौँ

आत्माले विश्‍वासीहरूलाई उहाँजस्तै महिमामय हुनलाई परिवर्तन गरिरहनुभएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले हामीलाई उहाँको जस्तै महिमामय रूपमा परिवर्तन गर्दै हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एक महिमादेखि अर्को महिमामा

“एउटा महिमाको परिमाणदेखि अर्को महिमाको परिमाणसम्म ।” यसको अर्थ हो कि आत्माले विश्‍वासीहरूको महिमालाई निरन्तर वृद्धि गरिरहनुभएको छ ।

जसरी यो प्रभुबाटको हो

“जसरी यो प्रभुबाट आउँछ”

translationWords