Door43-Catalog_ne_tn/2co/03/14.md

5.2 KiB

तर तिनीहरूको मन बन्द गरिएको थियो

“तर तिनीहरूको मन कठोर पारिएको थियो ।” पावलले इस्राएली मानिसहरूको मनलाई बन्द गर्न वा कठोर बनाउन सकिने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । यो अभिव्यक्तिको आशय तिनीहरूले जे देखेका थिए सो बुझ्न असक्षम थिए भन्‍ने हो । वैकल्‍पिक अनुवादः “तर इस्राएलीहरूले जे देखे सो बुझ्न सकेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि यो दिनसम्‍म ... तर आज पनि

यी वाक्यांशहरूले पावलले कोरिन्थीहरूलाई लेखिरहेको समयलाई जनाउँछ ।

जब तिनीहरूले पुरानो करार पढ्छन्, अझै उही घुम्टो रहन्छ

जसरी इस्राएलीहरूले मोशाको मुहारमा महिमा देख्न सकेनन् किनभने तिनले तिनको मुहार एउटा घुम्टोले छोपेका थिए, त्यहाँ एउटा आत्मिक घुम्टो छ जसले मानिसहरूलाई तिनीहरूले पुरानो करार पढ्दा बुझ्नबाट रोक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जब तिनीहरूले पुरानो करार पढ्छन्

“जब तिनीहरूले कसैले पुरानो करार पढेको सुन्छन्”

त्यसलाई हटाइएको छैन, किनभने त्यसलाई ख्रीष्‍टमा मात्र हटाइन्छ

यहाँ “त्यसलाई” शब्दको दुईटै प्रयोगहरूले “उही पर्दा”लाई जनाउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “घुम्टोलाई कसैले पनि हटाउँदैन किनभने ख्रीष्‍टमा मात्र परमेश्‍वरले त्यसलाई हटाउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जहिले पनि मोशाको बारेमा पढिन्छ

यहाँ “मोशा” शब्दले पुरानो करारको व्यवस्थालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पनि कसैले मोशाको व्यवस्था पढ्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

एउटा घुम्टोले तिनीहरूको हृदयहरूलाई ढाक्छ

यहाँ “हृदयहरू” शब्दले मन र विचारहरूलाई दर्शाउँछ । एउटा आत्मिक घुम्टोले तिनीहरूका हृदयहरूलाई ढाक्छ, जसले तिनीहरूलाई पुरानो करार बुझ्‍नलाई सक्षम हुनबाट रोक्छ । वैकल्‍पिक अनुवादः “एउटा घुम्टो तिनीहरूको मनमाथि बस्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

त्यो घुम्टो हटाइन्छ

यसको अर्थ तिनीहरूलाई अब बुझ्ने क्षमता दिइन्छ भन्‍ने हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले घुम्टोलाई उठाएर हटाउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

translationWords